बुटवल । बुटवल हस्पिटल प्रा. लि. ले दशैँको बिदा अवधिभर पनि आफ्नो सम्पूर्ण स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालन गर्ने भएको छ । असोज १३ गते फूलपातीदेखि सरकारले सार्वजनिक बिदा दिए पनि हस्पिटलले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको व्यवस्थापन गरी सबै सेवा निरन्तर दिने जनाएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण प्रसाद खनालका अनुसार इमर्जेन्सी, ओपीडी, आईसीयू,…