काठमाडौं । हिन्दु धर्मावलम्बीहरुको महान चाड वडादशैं आजबाट शुरु भएको छ । नवरात्रको पहिलो दिन घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी आज घटस्थापना गरिंदै छ । मलमासका कारण कात्तिक महिनामा परे पनि तिथी अनुसार आज आश्विन शुक्लपक्ष प्रतिपदा तिथी हो । आज सबैले आ-आफ्नो घरको पुजा कोठामा विधिपूर्वक घटस्थापना गर्छन । आश्विन शुक्ल पूर्णिमासम्म १५…