२७ कार्तिक २०८२, बिहिबार | November 13, 2025

रुपन्देहीमा अहिले सम्मकै ठुलो संख्यामा कोरोना संक्रमित थपिए, शुक्रबार एकै दिन थपिए २६० संक्रमित



बुटवल । रुपन्देहीमा अहिले सम्मकै ठुलो संख्यामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार शुक्रबार एकै दिन जिल्लामा २६० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालयले राती ८ः३० बजे सार्वजानिक गरेको तथ्याँक अनुसार शुक्रबार पनि सबै भन्दा बढी बुटवल उपमहानगरमा ११४ जना नयाँ संक्रमित थपिएका छन् । शुक्रबार सिद्धार्थ नगरमा ४७ जना, देवदहमा २६ जना, तिलोत्तमामा २१ जना, सैनामैनामा १९ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरि रोहिणी र कन्चनमा ७।७ जना, मायादेबीमा ५ जना, सुद्धोधन र सियारीमा ४।४ जना, ओमसतियामा ३ जना तथा सम्मरीमाई र कोटहिमाईमा १।१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

शुक्रबार थपिएसंगै रुपन्देहीमा कुल संक्रमितको संख्या ४५२८ पुगेको छ । जिल्लमा ४७ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १७४३ जनाले अहिले पनि होम आइसोलेसन तथा बिभिन्न आइसोलेसन र अस्पतालहरुमा उपचार गराईरहेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  १० : १३ बजे

निवर्तमान प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक

काठमाडौं । कुशल सुरक्षा व्यवस्थापन गरेको भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालबाट

भारतद्वारा घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूको आतङ्कवादी आक्रमण’ ठहर

श्रीनगर । भारत सरकारको मन्त्रिपरिषद्ले यस हप्ताको राजधानी नयाँदिल्लीमा भएको

प्रहरीको मनोबल बढाउँदै जनअपेक्षा पूरा गर्ने नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीको प्रतिबद्धता

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी कर्मचारीको मनोबल

पोर्चुगलमा कामदार भिसा बन्द : ठगीधन्धाबाट बच्न अनुरोध

लिस्बन । पोर्चुगलस्थित नेपाली दूतावासले नेपाल तथा मध्यपूर्वका विभिन्न मुलुकमा