११ श्रावण २०८३, सोमबार | July 28, 2026

भोलिदेखि ६ मंसिरसम्म सुनसरीमा निषेधाज्ञा, तिहारमा देउसी/भैलो खेल्न समेत रोक



सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा एक महिना बढी लागू हुने गरी पुनः निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले जिल्लामा विभिन्न क्षेत्र तोकेर १ कात्तिकदेखि ६ मंसिरसम्म लागू हुने गरि निषेधाज्ञा जारी गरेको हो ।

प्रशासनको निर्णयसँगै अब सुनसरीमा दलीय कार्यक्रम गर्न पाइने छैन् । प्रशासनले जारी गरेको सूचनाअनुसार अब जिल्लामा सभा, सम्मेलन, शुभकामना आदान प्रदानका साथै सामूहिक रूपमा भेला भई कुनै पनि कार्य गर्न पाइने छैन् ।

सुनसरी प्रशासनले निषेधज्ञा अवधिभर उद्घाटन, शिलान्यास, मेला, जात्रा जस्ता कार्यसमेतमा रोक लगाएको जनाएको छ । त्यसैगरी मन्दिरमा भजन, कीर्तन तथा अनुष्ठान गर्न नपाइने निर्णय गरेको छ । त्यस्तै, मस्जिद तथा गुम्बाहरुमा भेला जम्मा हुन नपाइनुका साथै भजनकीर्तन जस्ता कार्यमा समेत रोक लगाइएको जनाएको छ ।

सुनसरी प्रशासनले यस पटकको तिहारमा देउसी-भैलोसमेत खेल्न रोक लगाएको प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले जानकारी दिए । उनले कोरोना महामारीका कारण यस्तो निर्णय लिनु परेको बताए । उनले निषेधज्ञा कडाइका साथ कार्यान्वयन गरिने बताए ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ८ : १० बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला