पोखरा । नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले गण्डकी प्रदेशसँग पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य, स्टार्टअप र व्यापारका क्षेत्रमा सहकार्य विस्तार गर्ने इच्छा व्यक्त गरेका छन्। राजदूत खानले पोखरामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग शिष्टाचार भेट गर्दै नेपाल–पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल गरेका हुन्। पाकिस्तानको नेपालस्थित दूतावासले सार्वजनिक गरेको जानकारीअनुसार भेटमा गण्डकी…