काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदैछ । प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा आइतबार काठमाडौं आएका सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजना हुने विशेष समारोहमा मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ । नेपाल भ्रमणका क्रममा सेठले…