काठमाडौं । काठमाडौं महानगरपालिकाले आज आउँदो आर्थिक वर्षको बजेट ल्याउँदै छ । गएको शुक्रबार (असार २७) बसेको महानगर कार्यपालिकाको बैठकबाट बजेट ल्याउन आज दिउँसो २ बजे बस्ने गरी नगरसभा आह्वान गरिएको छ । उक्त कार्यपालिका बैठकमा मेयर बालेन्द्र साहले यस दिन नगरसभा बोलाउने प्रस्ताव गरेका थिए । उपस्थित कार्यपालिका सदस्यले समर्थन जनाएपछि प्रस्ताव पारित भएको…