४ श्रावण २०८३, सोमबार | July 20, 2026

सगरमाथाको भविष्यप्रति आरोहीको बढ्दो चिन्ता

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर वरपरको हिउँ र हिमनदी तीव्र गतिमा पग्लिरहेका देख्दा प्रसिद्ध आरोही फुर्वा तेञ्जिङ शेर्पाका आँखा चिसिने गर्दछन् । स्वदेशी तथा विदेशी आरोहीलाई सगरमाथाको शिखरमा पुर्‍याउँदै नाम र दाम कमाउने उहाँलाई यही गतिमा सगरमाथालगायत हिमालमा हिउँको तह घट्दै जाने हो भने भावी पुस्ताले हिमाल देख्नै नपाउने हुन् कि भन्ने…