काठमाडौं । नेपालमा हालै गरिएको राष्ट्रिय सेरोप्रिभिलेन्स सर्वेक्षणले ६८.६ प्रतिशत जनसंख्यामा कोभिड-१९ विरुद्धको एन्टिबडी बनेको देखाएको छ । अध्ययनमा खोप लिएका तथा नलिएका दुवैथरी नमुना समावेश गरिएको थियो । देशभरिका ६ वर्षमाथिका १३ हजार १ सय ६१ जनालाई सहभागी बनाइएको सर्वेक्षणबाट यस्तो नतिजा प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले…