११ भदौ २०८३, बिहिबार | August 27, 2026

कञ्चनपुरमा च्याउ टिप्न जंगल गएका १४ महिला सम्पर्कविहीन, सेना-प्रहरीद्वारा खोजी तीव्र

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला च्याउ टिप्न जंगल गएपछि सम्पर्कविहीन भएका छन्। उनीहरू आइतबार बिहान करिब ११ बजेतिर च्याउ संकलनका लागि जंगल प्रवेश गरेका थिए। स्थानीयका अनुसार महिलाहरू शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत मालुमेला पोस्टबाट निकुञ्जभित्र प्रवेश गरेका थिए। साँझसम्म पनि घर नफर्किएपछि परिवारका सदस्यले आफैं खोजी सुरु गरेका थिए। लामो समयसम्म सम्पर्क हुन…