हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरमा बस, ट्रक र तेल ट्यांकर एक आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । घाइतेहरुलाई उपचारका लागि हेटौंडा अस्पताल र सीएमसी चुरेहिल हस्पिटल हेटौंडा पठाइएको छ । प्रहरीका…