सर्लाही । बेमौसमी वर्षाका कारण सर्लाहीमा भित्र्याउन ठिक्क पारेको धानमा क्षति पुगेको छ । जिल्लाको बरहथवा नगरपालिका-१४, हरिपूर्वा निवासी विन्देश्वर रायले बिहीबारदेखि परेको झरीका कारण धानबालीमा असर परेको बताए । “एक विघा खेतको धान काटेर राखिएको थियो, बिहीबारदेखि परेको झरीका कारण क्षति पुगेको छ,” उनले भने, “भिजेको धान केही दिनमै उम्रिन थाल्छ । केही त…