काठमाडौं । सगरमाथा क्षेत्रमा ६ दिनदेखि बेपत्ता रहेका ओखलढुंगाका पर्वतारोहण गाइड दावा शेर्पा सकुशल फेला परेका छन् । खोजी टोलीले उनलाई आज बिहान खुम्बु आइसफल क्षेत्रमा भेटाएको हो । उनी हिमालयन ट्राभर्स एडभेन्चरमा आबद्ध रहेका थिए । खोजीमा खटिएको टोलीका अनुसार दावालाई हिउँमा घिस्रिँदै तल झर्दै गरेको अवस्थामा फेला पारिएको थियो । एटके एक्सपिडिसनका एमडी…