काठमाडौँ । नेपाली कांग्रेसको जारी दोस्रो विशेष महाधिवेशन थप एकदिन लम्बिने भएको छ । महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरु माथिको छलफल नसकिएपछि महाधिवेशन मंगलबारसम्म लम्बिने भएको हो । महाधिवेशनको बन्दसत्रमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल जारी रहेको छ । विशेष महाधिवेशन प्रचार(प्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंका अनुसार आइतबारदेखि चलेको महाधिवेशन मंगलबारसम्म लम्बिएको निश्चित…