काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई हाजिर जमानीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय शारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले शुक्रबार बन्दीप्रत्यक्षीकरणको रिट जारी गर्दै पाण्डेलाई रिहा गर्न आदेश दिएको हो। अदालतले पाण्डेलाई विदेश जानुपरेमा पूर्वअनुमति लिनुपर्ने सर्त समेत राखेको छ। स्मार्ट सेलको सम्पत्ति लिलामीसम्बन्धी विवादमा पाण्डे पक्राउ परेका…