पोखरा। यातायात व्यवसायीहरूको छाता संगठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया सुरु भएको छ। पोखरामा जारी महासंघको सातौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत बुधबार बिहान ७ बजेदेखि मतदान कार्य सुरु भएको हो । तीन वर्षको कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्न देशभरका १ हजार ५ सयभन्दा बढी प्रतिनिधिहरूले मतदान गरिरहेका छन् ।…