२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

भेनेजुएलामा दुई शक्तिशाली भूकम्प, हजारौँको मृत्युको आशंका

काठमाडौं । भेनेजुएलाको राजधानी काराकास आसपास क्षेत्रमा केही सेकेन्डको अन्तरालमा दुई शक्तिशाली भूकम्प गएपछि ठूलो जनधनको क्षति भएको आशंका गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्पबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्न सक्ने प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ । बुधबार राति गएको ७.२ र ७.५ म्याग्निच्युडका भूकम्पले पश्चिमी भेनेजुएलामा व्यापक क्षति पुर्‍याएको जनाइएको छ…