काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ ।आज राति १२ बजेपछि लागु हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको कारण देखाउँदै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार पेट्रोल र डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँ…