भरतपुर । चितवनमा यसवर्ष खिचरा महोत्सव आयोजना हुने भएको छ । आगामी पुस २९ गतेदेखि माघ ९ गतेसम्म पूर्वी चितवनको खैरहनी नगरपालिका-५ जबकौलीस्थित गौचरनमा आठौं संस्करणको खिचरा महोत्सवको हुन लागेको हो । आयोजक थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ ले शनिबार पत्रकार सम्मेलन गरी महोत्सवको तयारी तीव्र पारिएको जानकारी दिएको छ । महोत्सव मुल आयोजक…