लमजुङ । बाढी पहिराले क्षति पु-याएको साढे दुई महिना हुँदासमेत गण्डकी प्रदेशअन्तर्गत मस्र्याङ्दी गाउँपालिकामा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाबाट अझै विद्युत् उत्पादन हुन सकेको छैन । गत असार १ गते मस्र्याङ्दी नदीमा आएको बाढीका कारण आयोजनाको संरचनामा क्षति पुगेसँगै संरचना हालसम्म पनि निर्माण सम्पन्न हुन नसक्दा विद्युत् उत्पादन हुन नसकेको हो…