काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी ओली विश्वास गर्न लायक नहुँदा एकता प्रक्रिया पर धकेलिएको बताएका छन् । आफू पक्षधर केन्द्रीय सदस्यहरूको बैठकमा बिहीबार नेपालले भने, ‘एकताको कुरा अगाडि बढ्ने बित्तिकै अध्यक्षले भोलिपल्टै अर्को कुरा गर्न थाल्नुहुन्छ । त्यसले गर्दा विश्वासको वातावरण बनेको छैन, सहमति पनि खण्डित भएको छ ।…