बैतडी । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा पाँचौँपटक निषेधाज्ञा थप गरिएको छ । मङ्गलबार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेयले यही असार मसान्तसम्म कायम रहने गरी निषेधाज्ञा जारी गरेका हुन् । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, कोभिड-१९ को सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६…