७ आश्विन २०८३, बुधबार | September 23, 2026

२० वर्ष लोडसेडिङ अन्त्य हुँदैन भन्नेहरुलाई मैले लोडसेडिङ अन्त्य गरेर देखाइदिएँ : केपी ओली



नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले विकासको लहर ल्याएर विश्वसामू पहिचान बनाएको दाबी गरेका छन् । नेपालगन्जमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्नै पालामा नेपाल तीव्र ढंगले विकास गर्ने विश्वका १० देशको सूचीमा परेको उल्लेख गरे ।

ओलीले एमालेले गरेको विकास अहिलेको सत्ता गठबन्धनलाई मन नपरेकै कारण सरकार ढाल्ने काम गरेको बताए । उनले आफु प्रधानमन्त्री हुँदा चलाएको विकासको अभियानको जस वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले लिने प्रयास गरिरहेको आरोप लगाए । नेपालमा आफ्नो सरकारले विद्युत् उत्पादन बढाएकाले अहिलेको सरकारले विद्युतको खपत बढाउन आग्रह गर्न थालेको दाबी गर्दे उनले आफुले शुरु गरेको विद्युत उत्पादनबाट प्रधानमन्त्री देउवाले विजुली खपत बढाउन आह्वान गर्दे हिँडेको बताए ।

२० वर्ष लोड सेडिङ अन्त्य हुँदैन भन्नेहरुलाई आफैले भारतबाट विजुली किनेर भएपनि लोड सेडिङको अन्त्य गरेको देखाईदिएको दाबी गर्दै ओलीले विजुलीबाट चल्ने बसको कुरा पनि आफैले शुरु गरेको बताए । उनले २० वर्षमा गर्न नसक्ने विकास आफ्नो नेतृत्वमा विकास गरेर देखाइदिएको दाबी गरे । एमालेले गरेको विकास देखेर आफ्नो राजनीतिको ब्यापार चल्न नसक्ने भएपछि विपक्षीहरुले पद बाँडेर सरकार ढालेको आरोप लगाए । ‘काँग्रेसले एकमना सरकार बनाएकै हो, तर उसले सकेन, एमालेले सक्यो ।’ उनले भने ।

 

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ३ : ४३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई