७ पुस २०८२, सोमबार | December 22, 2025

नारायणगढ-बुटवल सडक विस्तार : बर्खाअघि नै निर्माणाधीन पुल निर्माण सक्ने लक्ष्य

नवलपुर । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ-बुटवल सडक विस्तार अन्तर्गत निर्माणाधीन पुल असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी काम अगाडि बढाइएको छ । आयोजनाको खण्ड-१ मा पर्ने दाउन्ने-गैंडाकोट सडकको गैंडाकोट नगरपालिका क्षेत्रमा निर्माणाधीन सातवटा माइनर ब्रिज (साना पुल) निर्माणमा सम्पूर्ण जनशक्ति केन्द्रित गरिएको आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख रमेशकुमार दिस्टीले गैंडाकोटको थुम्सीबाट मुकुन्दपुरसम्म…