स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकाले अनलाइनमार्फत विद्यालयको नतिजा प्रकाशन गरेको छ । गाउँपालिकाले मंगलवार ८ कक्षाको नतिजा प्रकाशन गरेको हो । नतिजा प्रकाशन कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले शिक्षालाई प्रविधीमैत्री बनाउँदै लगिएको र मार्कसिटसहित विद्यार्थीको नतिजालाई पालिकाको वेबसाइटमा हेर्न सकिने बताए । गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले परीक्षामा २३० जना विद्यार्थी सहभागी…