काठमाडौं । महाशिवरात्री पर्वका अवसरमा हुने भक्तजनहरुको भिड र सवारी चापलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक व्यवस्थापन मिलाएको जनाएको छ । पशुपति क्षेत्रमा पूजाआजामा आउने भक्तजन एव दर्शनार्थीहरूलाई सहज आवत जावतको प्रबन्ध मिलाउन ट्राफिक ब्यवस्थापन मिलाइएको महाशाखाले जनाएको हो । विभिन्न नाका भई काठमाडौं भित्रिने भक्तजनहरूका लागि छुट्टा छुट्टै स्थानमा पार्किङको प्रबन्ध मिलाइएको…