१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

२४ घण्टामा २२३९ कोरोना संक्रमित थपिए, १३१६ संक्रमणमुक्त, २० जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ३१३ जनाको परीक्षण गर्दा २ हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये पीसीआर विधिबाट १ हजार ४७९ जनामा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको छ ।

२४ घण्टाकै अवधिमा १ हजार ३१६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको हुने दर ९४।५ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ६ लाख १६ हजार ९२९ जना संक्रमणमुक्त भइसकेको तथ्यांक मन्त्रालयले सार्वजनिक गरेको छ ।

कोरोना संक्रमणबाट २४ घण्टाभित्र २० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ३४० जनाले ज्यान गुमाइसकेका छन् ।

२३ हजार ९२० जना होम आइसोलेसनमा र २ हजार ६ ७० जना संस्थागत आइसोलेसनमा रहेका छन । यस्तै ५३९ जना आईसीयूमा र १६६ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति : २५ असार २०७८, शुक्रबार  ४ : ४० बजे

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका