बुटवल । जल मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज गुल्मीको बडिघाट, रुद्रबेनी तथा सुनकोशी दोलालघाटमा सबै भन्दा ठुलो बाढी आउन सक्ने पूर्वानुमान गर्दै सतर्क रहन आग्रह गरेको छ । महाशाखाले नियमित बुलेटिन मार्फत कन्त्काई, कोशी, बागमती, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाब बढ्दो क्रममा रहेपनि खतराको बिन्दु भन्दा कम रहेको जनाएको छ ।…