काठमडौं । बुधबार फेरि कोरोना संक्रमितको संख्या केही बढेको छ । स्वास्थ्य मन्त्रालयले अपरान्ह अपडेट गरेको पछिल्लो तथ्यांकअनुसार बुधबार २हजार ८२८ जना संक्रमित थपिएका छन् । पीसीआर र एन्टिजेन गरी १३ हजार २२ जनाको नमुना परीक्षण गर्दा यतिको संख्यामा संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या अघिल्लो दिनको भन्दा केही घटेको छ…