कपिलवस्तु । कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । हुलाकी सडकखण्डअन्तर्गत गएराति भएको सवारी दुर्घटनामा थप तीनजना घाइते भएका छन् । जिल्लाको कपिलवस्तु नगरपालिका-१२ पिप्रराहवामा रोकिराखेको ट्रकसँग भारतीय नम्बरको स्कारपियो ठोक्किँदा दुर्घटना भएको हो । बहादुरगंजबाट तौलिहवातर्फ आउँदै गरेको यूपी ३२ सीए ८३४३ नम्बरको स्कारपियो साइडमा रोकिएको लु १ ख ९५४९…