एजेन्सी । अफ्रिकी देश नाइजेरियाका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु भएको छ । देशकै कदुना राज्यमा औपचारिक भ्रमणका लागि गएका सेना प्रमुख लेफ्टिनेन्ट जनरल इब्राहिम अत्ताहिरुको शुक्रबार विमान दुर्घटनामा मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ । नाइजेरियाका राष्ट्रपतिलाई उद्धृत गर्दै रोयटर्सले दिएको खबर अनुसार सेना प्रमुख इब्राहिम सवार कदुना विमानस्थलनजिकै दुर्घटना भएको हो ।…