८ बैशाख २०८१, शनिबार | April 20, 2024

कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश जारी भएसँगै सीसीएमसी खारेज



काठमाडौँ । कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश जारी भएसँगै सर्वाधिक आलोचना खेप्दै आएको उप प्रधानमन्त्री इश्वर पोखरेल संयोजक रहेको केन्द्रीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्र ( सीसीएमसी ) खारेज भएको छ । अध्यादेश अनुसार प्रधानमन्त्रीको नेतृत्वमा कोभिड–१९ निर्देशक समिति गठन हुने ब्यवस्था गरिएपछि सीसीएमसी स्वत खारेज भएको हो ।

सरकारले बिहीबार जारी गरेको ‘कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ शुक्रबार राजपत्रमा सूचना प्रकाशित गरेसँगै कोरोना संक्रमण नियन्त्रण र उपचारका लागि नयाँ ब्यवस्था लागु भएको छ ।

अब कोरोना रोकथाम र नियन्त्रणको लागि सम्पूर्ण काम अध्यादेशअनुसार प्रधानमन्त्रीको नेतृत्वमा रहेको कोभिड–१९ निर्देशक समितिले गर्नेछ । सरकारले कोभिड–१९ लाई नियन्त्रण गर्न सबैभन्दा पहिले २०७६ सालको अन्त्यमा उपप्रधानमन्त्री पोखरेलकै नेतृत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेपनि गठन भएदेखिनै उक्त समिति ओम्नी काण्ड, स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार काण्ड लगायतको विवादमा आएपछि पोखरेलकै नेतृत्वमा अन्य नौ मन्त्रीहरु सहितको सीसीएमसी निर्देशक समिति गठन गरिएको थियो ।

उक्त निर्देशक समितिले पनि काम गर्न नसकेको भन्दै सर्वाधिक आलोचनाको केन्द्रमा परेको थियो । नेपाली कांग्रेसले सीसीएमसी विघटनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो भने अन्य दलहरु पनि सीसीएमसीको कार्यशैलीबाट सन्तुस्ट थिएनन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  १० : १२ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन