७ आश्विन २०८३, बुधबार | September 23, 2026

बाँकेमा संक्रमित थपिने संख्या घटेपनि अनुपात घटेन, २४ घण्टामा १७ जनाको मृत्यु



नेपालगन्ज । बाँकेमा पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेमा संख्यात्मक हिसावले संक्रमितको संख्या केही घटेको देखिएपनि अनुपातको हिसावले र मृत्युदरका हिसावले कोरोना माहामारीको क्रम घट्न नसकेको तथ्यांकले देखाएको छ । आज पनि बाँकेका ३ वटा प्रयोगशालामा कुल नमुना परीक्षणको ५८ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । ती ल्यावहरुमा ५८७ नमुना परीक्षण गर्दा ३४२ जनामा संक्रमिण पुष्टि भएको छ ।

डीसीसीएमसी बाँकेका अनुसार भेरी अस्पताल ल्यावमा ३०४ नमुना परीक्षण गर्दा २०८ जनामा, नेपालगन्ज मेडिकल कलेज ल्यावमा ९७ नमुना परीक्षण गर्दा ३८ जनामा र बागेश्वरी पीसीआर ल्यावमा १८६ नमुना परीक्षण गर्दा ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज पुष्टि भएको ३४२ संक्रमित मध्य २०६ जना बाँकेका हुन् । अन्य जिल्लाको तुलनामा बाँकेको संक्रमणको दर अझै उच्च देखिएको छ । बाँकेमा कुल नमुना परीक्षणको संख्यामा ६० प्रतिशतमा संक्रमण पुष्टि भएको छ । बाँकेमा आज २०६ जना नयाँ संक्रमित थपिएका छन् ।

२४ घण्टाकै अवधीमा बाँकेमा ३३८ जना कोरोना मुक्त भएका छन् । आज मृत्यु भएसँगै जिल्लामा मृतकको संख्या २६९ जना र जिल्ला बाहिरका मृतकको संख्या २२२ जना पुगेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार  ६ : ०१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई