काठमाडौं । बक्समान्डुका चन्द्र तामाङ र आरडीएसकी रमिसा श्रेष्ठ वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका छन् । चन्द्र पुरुष र रमिसा महिलातर्फ उत्कृष्ट बनेका हुन् । चन्द्रले मोटरसाइकल र महिलातर्फकी उत्कृष्ट खेलाडी रमिसाले स्कुटर प्राप्त गरे । शनिबार भएको पुरुष ६९ केजी तौल समूहको फाइनलमा चन्द्रले आरडीएसका करणसिंह ठकुरी र…