१२ पुस २०८२, शनिबार | December 27, 2025

बुटवल पछि गणतन्त्र बिरोधीहरुको प्रदर्शन बाँकेको कोहलपुरमा, संघीयता खारेजीको माग

नेपालगन्ज । लुम्बिनी प्रदेशको अस्थायी राजधानी बुटवलमा गणतन्त्र बिरोधी प्रदर्शन गरेको अर्को साता लुम्बिनी प्रदेशकै अर्को शहर कोलपुरमा राजसंस्थाका पक्षधरहरुले गणतन्त्र बिरोधी प्रदर्शन गरेका छन् । स्वतन्त्र राष्ट्रवादी अभियान नामक समुहले शनिवार कोहलपुरमा गणतन्त्रबिरुद्ध नारा लगाएको हो । कोहलपुरको मुख्य सडकमा प्रदर्शनमा उत्रिएको सो समूहले गणतन्त्र धोका हो भन्दै संघीयता, धर्म निरेपक्षताबिरुद्ध समेत नारावाजी गरेको…