११ श्रावण २०८३, सोमबार | July 27, 2026

मोतिपुर औद्योगिक क्षेत्रमा स्थानीय र प्रहरीबीच झडप, चर्को विरोधबीच अर्थमन्त्री पौडेल शिलान्यास गर्न मोतिपुरमा



बुटवल । स्थानीयबासीको बैकल्पिक व्यवस्था नगरि अर्थमन्त्री विष्णु पौडेल मोतिपुर औद्योगिक कोरिडोरको शिलान्यास गर्न पुगेपछि ६ दशक देखि मोतिपुर क्षेत्रमा बस्दै आएका स्थानीयले प्रतिकार गरेका छन् ।

औद्योगिक क्षेत्र स्थापना हुने चर्चा चलेदेखि नै आफ्नो बैकल्पिक व्यवस्था नगरी सो क्षेत्र नछाड्ने अडान लिँदै आएपनि सरकारले जबर्जस्ती औद्योगिक क्षेत्र विकार लिमिटेडका नाममा लालपुर्जा लिकाल्दै कोरिडोरको काम अगाडि बढाएको छ ।

सर्वोच्चको प्रतिनिधिसभा पुनर्स्थापनाको फैसलाका कारण स्थगित भएको शिलान्यासको कार्यक्रमलाई निरन्तरता दिँदै औद्योगिक क्षेत्र विकास लिमिटेडले शिलान्यास गर्ने कार्यक्रम तय गरेपछि बिहिबार देखि नै सो क्षेत्रमा स्थानीयबासीले अवरोध सिर्जना गरेका थिए ।

सरकारले ठैलो संख्यामा प्रहरी तैनाथ गरेर शिलान्यास गर्न थालेपछि स्थानीयले प्रतिकार गर्दा आज मोतिपुर क्षेत्रमा पटक पटक झडप भएको छ । प्रहरीको लाठी प्रहारबाट २ जना स्थानीय घाईते भएका छन् ।

बिहिबार शिलान्यासका लागि तयार गरिएको मञ्च स्थानीयले भत्काईदिएपछि रातारात शसस्त्र प्रहरीले मञ्च खडा गरेर अर्थमन्त्री पौडेल शिलान्यास गर्न मोतिपुर पुगेका थिए ।

बिहानै देखि बालबच्चा र जेष्ठ नागरिकसहित कार्यक्रमस्थल घेर्न आएका स्थानीयलाई प्रहरीले हटाउन खोज्दा झडप भएको हो ।

मोतिपुर औद्योगिक कोरिडोरका लागि अतिक्रमण गरेको ८१३ बिगाहा जमिन मध्य २५० बिगाहा जमिनमा बिगत ५५ वर्ष देखि ३ हजार घर परिवार बस्दै आएका छन् ।

तस्वीर : स्वस्तिक श्रेष्ठ

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १ : ४७ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न