१२ बैशाख २०८१, बुधबार | April 24, 2024

म्यानमारमा नागरिकमाथि सैन्य दमन विरुद्ध काठमाडौंमा प्रदर्शन



काठमाडौं । म्यानमारको सैन्य सरकारले नागरिक प्रदर्शनमाथि गरिरहेको हिंसात्मक दमनको विरोधमा नेपालमा प्रदर्शन भएको छ ।

नख्खु भैंसेपाटीस्थित म्यानमारको दूतावासअगाडि नागरिक आन्दोलनको अगुवाईमा प्रदर्शन भएको हो । सैन्य जुन्ता शासकले प्रजातन्त्र बहालीका लागि भएको आन्दोलन दबाउन अत्याधिक बल प्रयोग गर्दा कैयौं नागरिकको मृत्यु भैसकेको छ ।

दूतावास अगाडि भएको प्रदर्शनमा नागरिक अभियन्ताहरु खगेन्द्र संग्रौला, नारायण वाग्ले डा. गोविन्द केसी, युग पाठक लगायत सहभागी थिए । उनीहरुले प्रजातन्त्र पुनर्वहालीको माग गरेका प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनलाई सम्बोधन गर्दै नागरिक अगुवा खगेन्द्र संग्रौलाले स्वतन्त्रताप्रेमी, लोकतन्त्र र स्वायत्तताप्रेमी नागरिकहरु म्यानमारका नागरिकहरुलाई एक्येवद्धता जनाउन सडकमा आएको बताए । अहिलेको समय लोकतन्त्र, नागरिक स्वतन्त्रता र मुक्तिको समय भन्दै संग्रौलाले मानमारका नागरिकले जित्ने पनि बताए ।

निर्वाचनमा आफु समर्थक पार्टीको पराजय भएपछि सैनिक शासकले गत फेब्रुअरी १ तारिखमा संसद भंग गरेर प्रजातन्त्रवादी नेतृ आङ साङ सुकी लगायत सबै राजनीतिक नेताहरुलाई बन्दी बनाएको छ । त्यसपछि सुरु भएको प्रदर्शनमा हालसम्म ५ जना भन्दा बढी म्यानमारी नागरिकको मृत्यु भएको छ ।

गत बुधबार एकै दिनमा प्रहरीको गोली लागि ३८ जनाको मृत्यु भएको थियो । सुरक्षा फौजले कैयौं शहरहरुमा चेतावनी नदिइकन गोली चलाएको थियो ।

संयुक्त राष्ट्रसंघ लगायत विश्वका कैयौं देशहरुले निहत्था नागरिकमाथि भएको सैनिक दमनको कडा विरोध गरिरहेका छन् ।

सैन्य शासकले प्रदर्शनमा प्रतिबन्ध लगाए पनि दैनिक दशौं हजार प्रदर्शनकारीहरु सडकमा उत्रिरहेका छन् ।

 

 

 

 

प्रकाशित मिति : २१ फाल्गुन २०७७, शुक्रबार  १ : २० बजे

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा

स्वदेश फर्किए कतारका अमिर शेख तमिम

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल

लगानी प्रवर्द्धनका लागि अध्यादेशमार्फत कानुनको संसोधन स्वागतयोग्य : महासंघ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले लगानी प्रवर्द्धनका लागि

नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी

काठमाडौं । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा

काठमाडौं आइपुग्यो वेस्ट इन्डिज ए टिम

काठमाडौं । वेस्ट इन्डिज ए टिम काठमाडौं आइपुगेको छ ।