काठमाडौं । राष्ट्रिय सभामा सत्तापक्ष दलका नेता दीनानाथ शर्माले ढोरपाटन बाढीपीडितलाई राहत उद्दार र पुनर्स्थापनाका लागि यथाशिघ्र पहल गर्न सरकारलाई आग्रह गरेका छन् । बागलुङ समाजले बिहीबार राति आयोजना गरेको भर्चुअल अन्तर्कियामा नेता शर्माले बाढीले बिध्वंश गरेकको स्थानको भौतिक संरचना निर्माणको काम राज्यले गर्नुपर्ने बताए । अहिले हाम्रा दाजुभाइ दिदीबहिनीहरू संकटमा परेको बताउँदै नेता शर्माले…