काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट आइतबार अपरान्हसम्म थप ३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालेले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार झापा, पर्सा र सर्लाहीका तीन जनाको ज्यान गएको हो । झापाका ५८ वर्षीय पुरुष, सर्लाहीका ३३ वर्षीया महिला र पर्साका ५६ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले…