काठमाडौं । शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशी १ सय १ वर्षमा पुग्नु भएको छ । वि.सं.१९७७ साल वैशाख ३० गते ललितपुरको बखुम्बहालमा जन्मनु भएका जोशी मंगलबार १ सय १ वर्षमा प्रवेश गर्नुभएको हो । जोशीले नेपाली कला, संस्कृति र साहित्यमा महत्वपूर्ण योगदान दिनु भएको छ । जोशीको जन्मदिनका अवसरमा विभिन्न व्यक्ति, समुदायले शुभकामना दिएका छन्…