काठमाडौं । आज भारतको अयोध्यामा राममन्दिरको शिलन्यास हुँदैछ । भारत लगायत विश्वभरका हिन्दु समुदायले राममन्दिर पुनस्र्थापनाको सुरुवातलाई उत्साहका साथ हेरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राममन्दिर स्थापनाको शिलन्यास गर्दैछन् । मन्दिर शिलन्यास गर्न प्रधामन्त्री नरेन्द्र मोदी नेपाली समयअनुसार बिहान ११:४५ बजे अयोध्याको साकेत विश्वविद्यालयमा बनाइएको हेलिप्याडमा अवतरण गर्नेछन् । त्यसपछि, प्रधानमन्त्री मोदीले हुनमानगढी मन्दिर…