बुटवल । उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीको आयोजनामा बुटवलमा स्वच्छ व्यवसाय र स्वस्थ बजार प्रवर्द्धनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम बुटवल उपमहानगरपालिकाभित्रका मासु व्यवसायीलाई लक्षित गरी सञ्चालन गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले कानुनी प्रक्रिया पूरा गरेर मात्र व्यवसाय सञ्चालन गर्न आग्रह गरिन् । उनले मासुमा हुने मिसावटलाई…