काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्था उल्लङ्घन गरेको ठहर गर्दै तीन ब्रोकर कम्पनीलाई १ करोड १० लाख रुपैयाँ जरिवाना गरेको छ। बोर्डका अनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गतका ग्राहक पहिचान तथा अनुपालनसम्बन्धी दायित्व पूरा नगरेपछि कारबाही गरिएको हो। कारबाहीअनुसार सिप्ला सेक्युरिटिज प्रालिलाई ५० लाख रुपैयाँ जरिवाना गरिएको छ…