नेपालगञ्ज । नेपालगञ्जमा आज सम्पन्न ११औँ नेपालगञ्ज म्याराथनको उपाधि नेपाली सेनाका खड्कबहादुर खड्काले जितेका छन् । खड्काले २ घण्टा १५ मिनेट ८ सेकेण्डमा ४२ किलोमिटरको दूरी पार गरेका थिए । उनी गत संस्करणका पनि विजेता हुन् । उनले रु दुई लाख नगद पुरस्कार प्राप्त गरे । त्यस्तै, दुई घण्टा १६ मिनेट ४८ सेकेण्डमा ४२ किलोमिटरको…