१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

खजुरा क्यान्सर अस्पतालसहित १५ स्वास्थ्य निकायमा स्थायी दरबन्दी अध्ययन गर्न मन्त्रिपरिषदबाट स्वीकृति प्रदान

काठमाडौं । संघीय सरकारले स्वामित्व लिएको १० वर्ष पुग्दा बाँकेको खजुरामा रहेको सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालले पहिलो पटक स्थायी दरबन्दी पाउने बाटो खुलेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका विभिन्न १५ वटा निकायको संगठन तथा व्यवस्थापन (ओएनएम) अध्ययन अघि बढाउन पूर्वस्वीकृति दिने मन्त्रिपरिषदले निर्णय गरेसँगै क्यान्सर अस्पतालमा स्थायी दरबन्दी आउने बाटो खुलेको हो…