नेपालगञ्ज । क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) को १८औं वार्षिकोत्सव बाँकेको नेपालगन्जमा भब्यरुपमा मनाइएको छ । डब्लुडब्लुजे बाँकेको आयोजनामा आज नेपालगञ्जमा आयोजित बार्षिकोत्सव समारोहको क्रियाशिल पत्रकार महिलाकी केन्द्रीय अध्यक्ष रामकला खड्काले उदघाटन गरिन् । डब्लुडब्लुजे बाँकेकी अध्यक्ष सावित्री गिरीको अध्यक्षतामा भएको उदघाटन समारोहमा बोल्दै अध्यक्ष खड्काले पत्रकार महिलाको संख्यात्मक र गुणात्मक विकासका लागि क्रियाशील पत्रकार महिला संगठित…