७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

कर्णाली प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए सपथ

सुर्खेत । कर्णाली प्रदेशमा नवनियुक्त दुई मन्त्रीले आज शपथ ग्रहण लिएका छन । कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । नवनियुक्त आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएकी सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका गोपाल शर्माले सपथ ग्रहण लिएका हुन् ।