नेपालगन्ज । नेपालगन्जमा आज तेस्रो दिन पनि कर्फ्यु आदेश कायम रहेको छ । कर्फ्यु कार्यान्वयन गराउन नेपालगन्जका चोकचोकमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गराइएको छ । मंगलबार दिउँसो १ बजेदेखि लगाइएको कर्फ्यु सम्बन्धमा नयाँ कुनै निर्णय सार्वजनिक भएको छैन । बुधबार बसेको सर्वदलीय तथा सर्वपक्षिय बैठले कर्फ्युलाई विस्तारै खुकुलो बनाउदै हटाउन सुरक्षा समितिलाई अनुरोध गरेको थियो…