नेपालगन्ज । बाँकेमा प्रत्यक्ष रुपमा विद्युत् हुकिङ गरेर विद्युत्को चोरी भएको छ । त्यसबाहेक मिटरबाट समेत विद्युत् चोरी भएको नेपाल विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रले जनाएको छ । जिल्लाका नेपालगन्ज–४, जयसपुर, हिरीमिनिया, कम्दी, डुडुवालगायत क्षेत्रबाट विद्युत्को हुकिङ गरेर विद्युत् चोरी भएको नेपालगन्ज वितरण केन्द्रका प्रमुख दिवाकर प्याकुरेलले जानकारी दिए । आर्थिक वर्ष २०८०र८१ को साउनदेखि…