१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

मधेशका मुख्यन्यायाधिवक्ता ठाकुरले लिए पद तथा गोपनीयताको शपथ

जनकपुरधाम । नवनियुक्त मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरले पद तथा गोपनीयताको शपथ लिएका छन् । उच्च अदालत जनकपुरका कामु मुख्य न्यायाधीश गुणराज ढुंगेलबाट उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले ठाकुरलाई मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त गरेका थिए ।